
विराटनगर– साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत शनिबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगर शहीद रंगशालामा समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
दुवै टिम जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रदै छन् । एक खेल अगावै सेमिफाइनल पुगेका नेपाल र बंगलादेश सेमिफाइनलमा दबाव मुक्त गर्न आजको खेल जित्नै पर्ने लक्ष्यमा छन् ।
आजको खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेमा पनि समूह विजेता बन्ने छ ।