२६ असार २०८३, शुक्रबार

निर्वाचन प्रणालीमा सुधार नगरिए राजनैतिक व्यवस्थामाथि नै संकट आउने

निर्वाचन प्रणालीमा सुधार नगरिए राजनैतिक व्यवस्थामाथि नै संकट आउने

विराटनगर– मुुलुकका प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको प्रति पूर्वसांसदहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले निर्वाचन प्रणालीमा सुधार नगरिए राजनैतिक व्यवस्थामाथि नै संकट आउने धारणा व्यक्त गरेका छन् । 

पूर्वसांसद मंच नेपालले विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलामा  सहभागिहरूले संघीय निर्वाचन मात्र होइन प्रदेश र स्थानीय तहको निर्वाचन पनि बढी खर्चिलो र भड्किलो बन्दै गएकोले सुधार गर्न आग्रह गरे । कार्यक्रममा सहभागीहरूले संविधान कार्यान्वयनको अवस्थामा ढिलाई भइरहेको र संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय  नहुँदा विकास निर्माण र समृद्धिका कार्यहरूमा बाधा पुगेको बताएका थिए ।

सरकारको परामर्शदाता समेत रहेको पूर्वसांसद मंच नेपालले सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरी प्राप्त सुझावलाई प्रतिवेदन बनाएर संसद र सरकारलाई उपलब्ध गराउने पूर्व सांसद मंचका सदस्य सुरेश कार्कीले जानकारी दिए । छलफलमा एक नम्बर प्रदेशका सभामुख, उपसभामुख, पूर्वसांसदहरू, प्रदेश सांसदहरू, स्थानीय तहका प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्