११ साउन २०८३, सोमबार

विप्लव समूह अनधिकृत झुण्ड हो, सरकारले चिन्दैन : प्रधानमन्त्री ओली

विप्लव समूह अनधिकृत झुण्ड हो, सरकारले चिन्दैन : प्रधानमन्त्री ओली
फाइल फोटो

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा आइतवार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए । 'जुन संस्था विधिवत् छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,' उनले भने ।

प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जनाए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीरले नेताहरूलाई आग्रह गरे । 'नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैंलाई जवाफ दिन नसक्ने कुराहरू नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,' उनले भने, ''बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।'

प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानून विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए । उनको प्रश्न थियो, 'नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’

प्रधानमन्त्री ओलीले तत्कालन मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारे । 'एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,' उनले भने, 'पुनर्गठन हुँदैन ।'
 

salt training

कमेन्ट गर्नुहोस्