२० असार २०८३, शनिबार

इन्डोनेसियामा बाढी, ६३ जनाको मृत्यु

इन्डोनेसियामा बाढी, ६३ जनाको मृत्यु

जाकार्ता- इन्डोनेसियामा शनिवार राति आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । 

घटनामा परी अरू कैयौं बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । 

देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् ।  

अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरू भएको जनाइएको छ । 

प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने अरू १८ जना सामान्य घाइते भएका प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालीन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिए । 

'दर्जनौ अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयानुसार बेलुका छ बजे बाढी आएको थियो,' उनले भने । बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।  

बाढीले दर्जनौं घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्‍याएको सिम्बोलोनले जानकारी दिए । घटनाबाट प्रभावितहरूलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

Photo : New York Times 

salt training

कमेन्ट गर्नुहोस्