०३ असार २०८३, बुधबार

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् अगाडि ग्रेटर नेपालको प्रदर्शन

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् अगाडि ग्रेटर नेपालको प्रदर्शन

काठमाडौं – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लामो प्रयासपछि ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् अगाडि शनिवार प्रदर्शन गरेको छ ।

विगत २०३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमीन पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त  पीडाको आवाजको  सुनुवाइ गर्न अनुरोध गर्दै प्रदर्शन गरेको हो ।

नेपाली समयअनुसार शनिवार अपराह्न साढे ४ बजेतिर जेनेभास्थित संयुक्त राष्ट्रसंघ अगाडिको ब्रोकन चेयरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका हुन् ।

ब्रोकन चेयरमा बिहीवार गर्ने भनिएको प्रदर्शन जेनेभामा दिनभर  पानी परेका कारण गर्न नसकिएकोमा मौसममा सुधार भएपछि शनिवार  सम्पन्न भएको मोर्चाका अध्यक्ष नेपालले बताएका छन् ।

ग्रेटर नेपालका अभियन्ता नेपालले बताएअनुसार, उनी पहिले संयुक्त राष्ट्रसंघको प्राङ्गणमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूका झण्डासँगै  राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साका साथ उभिएका थिए ।

नेपाली जनताका नाममा कसम खाँदै उनले त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँका रूपमा बहुचर्चित ब्रोकन चेयरमा उभिएर ग्रेटर नेपालको नक्सा देखाएका थिए । 

त्यसपछि उनलाई साथ दिन त्यहाँ आइपुगेका नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमीनमा  भारतीय उपनिवेशको विरोध गरेका थिए ।

नेपालले ग्रेटर नेपाल आन्दोलनलाई यस घटनाले अर्को मोडमा पुर्‍याइदिएकोमा आफूलाई खुशी लागेसँगै उत्तरदायित्व पनि बढेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्