०३ असार २०८३, बुधबार

चिनियाँ ठेकेदारको लापरबाहीले भरतपुर-बर्दघाट प्रसारण लाइन अनिश्चित

कात्तिक २०, २०७४
चिनियाँ ठेकेदारको लापरबाहीले भरतपुर-बर्दघाट प्रसारण लाइन अनिश्चित
काठमाडौँ, २ चैत- देशलाई दीर्घकालमा लोडसेडिङ मुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्ववको पूर्व-पश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर-बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले आयोजनाको भविष्य अनिश्चित भएको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ |transmission
एकपछि अर्को बहाना खोज्दै काम रोक्दै आएको ठेकेदारले पछिल्लोपटक दुई साताअघि ६ वर्षपहिले भएको ठेक्का सम्झौताका दररेट र विलम्ब लागत (दाबी) नपाए कामै नगर्ने पत्र विद्युत् प्राधिकरणलाई दिएपछि आयोजनाको भविष्य अनिश्चित बनेको हो ।
वन मन्त्रालयको सहमति पाएर प्राधिकरणले निर्माण सामग्री नवलपरासीमा थुपारेको एक वर्ष बितिसक्दा पनि चिनियाँ सरकारी कम्पनी चाइना सेन्ट्रल पावर ग्रिड (सीसीपीजी) ले दुई साताअघि प्राधिकरणलाई पत्र लेख्दै भनेको छ, ‘पैसा नपाए हामी काम गर्दैनौं ।'
सीसीपीजीले अहिलेसम्म प्राधिकरणबाट ९० करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । उसले अहिले आएर उल्टै करिब डेढ करोड रुपैयाँ विलम्ब लागत प्राधिकरणसँग मागेको छ । चिनियाँ ठेकेदारको ढिलासुस्तीबाट आजित अघिल्ला ऊर्जासचिव सुमनप्रसाद शर्माले चिनियाँ दूतावासमै गएर उक्त कम्पनीलाई काम गराइदिन ताकेतासमेत गरेका थिए ।
सन् २००९ मा काम सुरु गरेको ठेकेदारले ठेक्का परिचालन रकम लिएर पनि यो र त्यो बहाना झिक्दै काम नगरेपछि अघिल्ला कार्यकारी निर्देशक मुकेश काफ्लेको पालामा उसलाई कुल ठेक्का रकमको १० प्रतिशत हर्जाना (लिक्विटेड ड्यामेज) तिराउने निर्णय गरेको थियो । त्यतिबेला वन मन्त्रालयबाट ६५ प्रतिशत वन कटानीका लागि सहमति नआएको, टावर गाड्ने बाटो (राइट अफ वे) नपाएको र यी समस्या समाधान भए पुनः काम सुरु गर्छु भनेपछि वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरणका उच्च तहका पदाधिकारीसित तीनपटक बैठक गरेर सीसीपीजीले प्रतिबद्धता जनाएको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्