
काठमाडौं– कृषि, ऊर्जा र पर्यटनमा तोकिएको भन्दा कम ऋण प्रवाह गरे बैंकलाई कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ ।
चालू आथिकर्् वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याइएको उक्त व्यवस्था पालना नगर्नेलाई उच्च व्याजदरले हर्जना लगाउने चेतावनी दिएको हो ।
यसअघि पनि तोकिएको भन्दा कम ऋण प्रवाह गर्ने बैंकले हर्जना नै तिर्नुपथ्र्यो । राष्ट्र बैंकले यसअघिको परिपत्र परिमार्जन गर्दै बिहीबार पुनः यस्तो चेतावनी दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्र कृषि, ऊर्जा र पर्यटनमा कुल कर्जाको कम्तिमा २५ प्रतिशत ऋण दिनुपर्छ । कृषिमा न्यूनतम १० र ऊर्जा तथा पर्यटनमा गरी १५ प्रतिशत लगानी हुनैपर्छ ।