०२ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओली आज रुपन्देही आउँदै

प्रधानमन्त्री ओली आज रुपन्देही आउँदै

बुटवल। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । प्रधानमन्त्री ओली शुक्रबार रुपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेज र बुुटवल नारायणगढ सडक विस्तार कार्यको शिलन्यास गर्ने कार्यक्रम छ ।
रुपन्देही यि दुुई ठूला आयोजना सुरु गर्न प्रधानमन्त्री ओली र नेकपा महासचिव विष्णुु पौडेल शुुक्रबार यहाँ आउने लागेका हुन् । बिहान ११ बजे तिलोत्तमा १ नयाँमिलस्थित मेडिकल कलेजको कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यलय प्रमुुख मानबहादुुर घिमिरेले जानकारी दिए ।
त्यस्तै दिउसो साढे १२ बजे बुटवल नारायणगढ सडकको बुटवल ८ स्थित बुटवल मण्डप नजिकै सडक स्तर उन्नतिको शिलन्यास गर्ने कार्यक्रम छ । यि दुुई कार्यक्रम रुपन्देहीमा ल्याउन नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुु पौडेलको विशेष पहल छ ।

salt training

कमेन्ट गर्नुहोस्