
काठमाडौं – एएनएसको सहायक कम्पनी एड पेड प्रालिले चाहना मिडिया प्र्रालिको नेपाल लोक स्टारको बजार प्रवद्र्धन र बिक्रीवितरण गर्ने भएको छ ।
मिडिया मार्केटिङ कम्पनी एड पेड प्रालिले चाहना मिडिया प्रालिको नेपाल लोक स्टारलाई प्रचारप्रसार तथा बिक्री वितरण गर्नको लागि आधिकारिक एजेन्सीको रुपमा बिहीवार सम्झौता भएको छ ।
पेड प्रालिको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहनाको तर्फबाट अध्यक्ष सहदेव कोइरालाबीच सम्झौतामा हस्ताक्षर गरिएको छ ।
नेपाल लोक स्टार नेपालीको आफ्नै मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रमका निर्णायक मण्डलमा बहुप्रतिभाशाली जयनन्द लामा, बीबी अनुरागी, रामजी खंड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्ष्या खड्का र लोक गायक अशोक धिताल रहेका छन् । निकै रोमाञ्चक ढंगले आयोजित कार्यक्रममा साइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ ।
नेपाल लोक स्टार, नेपालकै पहिलो एचडी र आधुनिक प्रविधियुक्त च्यानल एपी वान एचडीमा २०७६ जेठ २५ गतेबाट हरेक हप्ता शनिवार र आइतवार प्रशारण गरिने छ । कार्यक्रममा ३१ शृंखला रहने र तेस्रो, दोस्रो र पहिलो विजेतालाई क्रमशः १० लाख, २५ लाख र ५० लाख रुपैयाँ नगद पुरष्कार प्रदान गरिने छ ।
नेपालको लोक संगीत र कला लोप हुनबाट बचाउन यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको साथै नेपाल लोक स्टार हालसम्मकै ठूलो सेट डिजाइनमा सबैभन्दा बढी सहभागी समेटी सातै प्रदेशबाट विभिन्न कार्यक्रमसहित टेलिभिजनमा प्रस्तुत गरिने छ ।