२१ असार २०८३, आइतबार

ज्ञानेन्द्रसँग झस्कियो सरकार, भारतीय राजदूतसँगको गोप्य भेटले खैलाबैला

चैत ९, २०७५
ज्ञानेन्द्रसँग झस्कियो सरकार, भारतीय राजदूतसँगको गोप्य भेटले खैलाबैला

काठमाडौं–राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ–मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर भेट गरेको भन्दै राजदूतसँग सोधनी गर्ने निर्णयमा सरकार पुगेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्