
काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर संरचना बाँडफाँटमा पनि अनियमितता भएको भेटिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को अन्तर्राष्ट्रिय समितिले गठन गरेको उपसमिति र महालेखा परीक्षक कार्यालयको अनुसन्धान र छानबिनमा यस्तो अनियमितता पाइएको हो ।
सञ्चालकहरू राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको समूहले सरकारी सेयर संरचना घटाई आफ्नो बढाएका छन् । सञ्चालकहरूको चलखेलकै कारण सेयर संरचना ३९ प्रतिशतबाट घटेर तारागाउँ विकास समितिका भागमा ९ प्रतिशतमा सीमित भएको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।