१९ असार २०८३, शुक्रबार

विप्लवका नेता पक्राउ परेपछि वैद्यले निकाले यस्तो विज्ञप्ति

विप्लवका नेता पक्राउ परेपछि वैद्यले निकाले यस्तो विज्ञप्ति

काठमाडौं–नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विप्लव समूहका नेता हेमन्त प्रकाश ओली पक्राउको विरोध गरेका छन् । 
‘सरकारद्वारा हालै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित आठ जनालाई गिरफ्तार गरिएको प्रकाशमा आएको छ’ वैद्यले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ केही समययता सो समूहका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको छ । साथै, सो समूहमाथि प्रतिबन्ध समेत लगाइएको छ । सरकारको यो फासिवादी व्यावहार निन्दनीय छ ।’
वैद्यले  विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गरी राजनीतिक व्यवहार सरकारलाई आग्रह गरेका छन् । 

वैद्यले वार्ताद्वारा समस्याको समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न पनि आग्रह गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्