
काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् ।
आजको कान्तिपुर दैनिक लेख्छ– सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् ।
सरकारले विशवकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो ।