
बुटवल– यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुुरु भएको छ । नेपालको मध्य भागमा पर्ने प्रदेश नम्बर पाँचबाट यस वर्ष एसईईमा ७८ हजार विद्यार्थी सहभागी हुुँदैछन् ।
प्रदेशका १२ जिल्लाबाट ७८ हजार ६ सय ५७ जना विद्यार्थी सहभागी हुुने प्रदेश नम्बर पाँचको सामाजिक विकास मन्त्रालय शिक्षा निर्देशनालय निर्देशक जितबहादुुर साहले जानकारी दिए । प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ सय छन् । त्यस्तै सबैभन्दा कम रुकुुम पूूर्वबाट १ हजार १ सय ७३ जना सहभागी हुँदैछन् ।
दाङबाट ११ हजार २ सय ७६, बाँकेबाट ८ हजार १ सय ७४, बर्दियाबाट ७ हजार ८ सय ५५, कपिलवस्तुबाट ७ हजार १ सय १५, पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७० विद्यार्थी सहभागी हुदैछन् । यस्तै पाल्पाबाट ५ हजार ५०, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३, अर्घाखाँचीबाट ३ हजार ५ सय ९४, प्यूठानबाट २ हजार ८ सय ६६ र पूर्वी रुकुमबाट १ हजार १ सय ७३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
यीमध्ये २ हजार ३९ विद्यार्थी प्राविधिक तर्फका हुन् । निर्देशक शाहका अनुसार केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९, निरीक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइने भएकोछ । परीक्षाको तयारी गर्ने क्रममा शिक्षा निर्देशनालयले साढे १४ लाख उत्तरपुस्तिकाहरु सबै केन्द्रमा पुुगिसकेका छन् ।
जसमा मुल उत्तरपुस्तिका ८ लाख ४९ हजार रहेका छन् । त्यस्तै थप उत्तरपुस्तिका ५ लाख ९४ हजार ३ सय गरी १४ लाख ४३ हजार ३ सय उत्तरपुस्तिका १२ जिल्लामा पठाइएको शिक्षा विकास निर्देशनालयका निर्देशक शाहले बताए ।