२४ असार २०८३, बुधबार

एसईई परीक्षा दिन कार चढेर गए दुई सेलिब्रेटी (तस्बिरसहित)

एसईई परीक्षा दिन कार चढेर गए दुई सेलिब्रेटी (तस्बिरसहित)

काठमाडौं– यसवर्षको एसएईई परीक्षामा दुई चर्चित अनुहारको सहभागिता रहेको छ ।  सांसद शान्ता चौधरी र नयाँ शक्तिकी नेत्री तथा अभिनेत्री करिष्मा मानन्धर परीक्षामा सहभागी भएका हुन् । 
 करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् । 
मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा उनले परीक्षा दिएकी हुन् । 

यस्तै शान्ताले सेन्टर मावि तुलसीपुरमा परीक्षा दिएकी हुन् ।  उनले महेन्द्र मावि तुलसीपुर (खुला विद्यालय) मा अध्ययन गरेकी हुन् ।  दुबै  सेलिब्रेटी कार चढेर परीक्षाा दिन पुगेका थिए । 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि सुरु परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हो । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्