१२ असार २०८३, शुक्रबार

सेनेटरी प्याड लिएर एसईई परीक्षा केन्द्र पुग्यो प्रजिअको टोली

चैत १०, २०७५
सेनेटरी प्याड लिएर एसईई परीक्षा केन्द्र पुग्यो प्रजिअको टोली

धनुषा– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा धनुषा जिल्लाबाट १० हजार ४ सय ८५ विद्यार्थी सहभागी हुँदैछन् । जसमा ग्रेड वृद्धिका लागि ८ सय जनाले परीक्षा दिँदैछन् । धनुषामा ४३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

परीक्षाको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलसहितको टोली खटिएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बल्खुप्रसाद रजकलगायत विभिन्न कार्यालयका शाखा अधिकृतहरु अनुगमन टोलीमा सहभागी छन् । 

परीक्षामा सहभागी छात्राहरूमा महिनावारी भएको हुनसक्ने र महिनावारीकै कारण उनीहरूलाई परीक्षा दिन समस्या नहोस् भन्नाका लागि अनुगमन टोलीले सेनेटरी प्याड लिएर परीक्षा केन्द्र पुगेको छ । अनुगमन टोलीले महिनावारी भएका छात्राहरूलाई सेनेटरी प्याड उपलब्ध गराउने उदेश्यले सेनेटरी प्याड लिएर परीक्षा केन्द्र पुगेको हो । यसअघि परीक्षा केन्द्रमै सेनेटरी प्याडको व्यवस्था गरिने गरेपनि यसपाली सबै केन्द्रमा त्यो व्यवस्था नभएको पाइएको छ । 

तस्वीरमा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका उपसचिव मेहिलाल यादव ।

salt training

कमेन्ट गर्नुहोस्