१० असार २०८३, बुधबार

नदी किनारमा किशोरीलाई बलात्कार गरेकाे आरोपमा एक जना पक्राउ

नदी किनारमा किशोरीलाई बलात्कार गरेकाे आरोपमा एक जना पक्राउ

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् । पीडित परिवारको किटानी जोहरीका आधारमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भीमटारका २२ वर्षीय सुनिल दनुवारलाई खोजतलासका क्रममा मण्डनदेउपुरबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दनुवारलाई यही चैत ३ गते साँझ मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।  दनुवारसहित चार जनाले बालुवा चाली टिपरमा फर्कंदै गरेकी १४ वर्षीया किशोरीलाई नदी किनारमा लगी सामूहिक बलात्कार गरेको पीडित परिवारद्वारा घटनाको भोलिपल्ट प्रहरीमा दर्ता किटानी जाहेरी दिएको जनाइएको छ ।

सोही आधारमा प्रहरीले चैत ५ गते मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा सोही नपा–७ का २१ वर्षीय रामकुमार राईलाई पक्राउ गरेको थियो । आरोपित टिपरका चालक तथा सहचालक हुन् । प्रहरीले सोही दिन आरोपितको म्याद थप गर्दै हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रनाउ गिरीले जानकारी दिनुभयो । पीडित किशोरीको सोही दिन स्वास्थ्य परीक्षण गरिएको थियो । मुलुकी संहितामा आरोपितलाई कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । 

salt training

कमेन्ट गर्नुहोस्