२३ असार २०८३, मंगलबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाद्वारा संसद् अवरुद्ध
फाइल फोटो

काठमाडौं– मधेश आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी राजपाले प्रतिनिधि सभाको बैठक आज फेरि अवरुद्ध गरेको छ ।

सभामुखको रुलिङ सरकारले अवज्ञा गरेको भन्दै राजपाले यही अवस्थामा संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले सानो विषयमा सभामुखको पटक– पटक रुलिङ आउँदा पनि सरकार जिम्मेवार नभएको आरोप लगाएका हुन् ।

राजपाको अवरोधपछि संसद् बैठक १० मिनेटका लागि स्थगित भएको छ । यसअघि सभामुख महराले सरकारले सरकारात्मक जवाफ दिएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसअघि चैत ४ गतेको बैठकमा सरकारको तर्फबाट कानून मन्त्री भानुभक्त ढकालले आयोगको प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गर्ने आश्वासन दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्