०१ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीको सम्बोधनमा राजपाको माग उल्लेख हुने सभामुखको आश्वासनपछि अवरुद्ध संसद सुचारु

प्रधानमन्त्रीको सम्बोधनमा राजपाको माग उल्लेख हुने सभामुखको आश्वासनपछि अवरुद्ध संसद सुचारु

काठमाडौं– आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने सम्बोधनमार्फत राजपाले उठाएका मागबारे उल्लेख हुने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि अवरुद्ध प्रतिनिधि सभाको बैठक सुचारु भएको छ । 

प्रतिनिधिसभाको आइतवार बसेको दोस्रो बैठकको शुरूमै सभामुख महराले आजै बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राजपाले उठाएको माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । त्यसपछि राजपा सांसदहरू बसेका थिए । 

यसअघि आइतवारको पहिलो बैठकमा मधेश आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले अवरुद्ध गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्