काठमाडौं, २ पुस–संविधान संशोधनका विषमा मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँग छलफल गर्दै छन् ।

मोर्चाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवासँग अपरान्ह भेटवार्ता गर्न लागेको हो ।
प्रमुख तीन दलबीच संविधान संशोधनलाई स्थगित गरेर निर्वाचन प्रक्रियामा जाने सहमति भएको समाचार सार्वजनिक भएसँगै मोर्चाले सत्तागठबन्धको आधिकारीक धारण बुझ्न खोजेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । उनले एमालेको विरोधलाई देखाएर संविधान संशोधनबाट सरकार पछि हट्न नमिल्ने बताए ।
मोर्चाले संविधान संशोधन रोकेर निर्वाचनमा जाने तीन दलको सहमतिको यसअघि नै विरोध गरेको छ ।