११ साउन २०८३, सोमबार

निर्मला हत्या प्रकरणका निलम्बित डीएसपी जिसी अदालतमा हाजिर

निर्मला हत्या प्रकरणका निलम्बित डीएसपी जिसी अदालतमा हाजिर

कञ्चनपुर- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका तत्कालीन डीएसपी अंगुर जिसी जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत ८ जनाविरुद्व प्रमाण नष्ट गरेको भन्दै मुद्दा परेसँगै डीएसपी जिसी त्यसैको बयान दिनका लागि अदालत उपस्थित भएका हुन् ।

जिल्ला अदालत स्रोतका अनुसार न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको उपस्थितिमा अदालतका कर्मचारीले उनको बयान लिने बयान लिनेछन् । बयान सकिएपछि थुनछेक बहस हुने स्रोतले जानकारी दिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्