
धनगढी – भलिबल खेल्ने क्रममा झगडा हुँदा बझाङमा १ युवकको मृत्यु भएको छ ।
आइतवार दिउँसो भलिबल खेल्ने क्रममा झगडा हुँदा सिकिस्त घाइते भएका सुर्मा गाउँपालिका–५ का १८ वर्षीय आनन्द विकको सोमवार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रविण धितालले भलिबल खेल्ने क्रममा विवाद भइ झगडा हुँदा सिकिस्त घाइते भएका विकको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्जतर्फ रेफर गरिएको र सोमवार बिहान अत्तरिया नपुग्दै विच बाटोमा नै मृत्यु भएको जनाएका छन् ।
झगडा गर्ने स्थानीय युवा भने फरार रहेका र खोजी कार्य जारी रहेको उनले बताए ।