
काठमाडौँ– कर्मचारी समायोजनका क्रममा आफू अनुकूलको कार्यालयमा समायोजन नभएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गुनासो गर्ने कर्मचारीको भीड लागेको छ ।
आइतवारसम्म सात हजार एकसय जना कर्मचारीले सफ्टवेयर मार्फत गरेको समायोजनमा चित्त नबुझेपछि अन्य कार्यालयमा समायोजन गरियोस् भनी मन्त्रालयमा आफ्ना गुनासोको निवेदन दर्ता गराएका हुन् ।
गुनासो गर्ने कर्मचारीले आफूले रोजेको भन्दा अन्यत्रै कार्यालयमा समायोजन भएको, कर्मचारी समायोजन ऐनले पति र पत्नी दुबैजना कर्मचारी भए सम्भव भएसम्म एउटै कार्यालयमा समायोजन गर्ने भनी उल्लेख भए पनि सो अनुसारको समायोजन नभएको गुनासो गरिएको छ । गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।