
काठमाडौं–काठमाडौं महानगरपालिकाले मंगलबारदेखि इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
आजको नयाँ पत्रिका दैनिकका अनुसार महानगरका अनुसार सुन्धारा, टुँडीखेलआसपास, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुनेछन् ।