०६ साउन २०८३, बुधबार

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका गणेशराज पोखरेललाई चैत्र १८ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भएपश्चात् नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । 

पोखरेलले स्थापनाकालदेखि नै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । २०६५ सालदेखि नै दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आवद्ध हुनुअघि उनले विभिन्न संस्थामा महत्त्वपूर्ण ओहदामा रहेर आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छाशक्ति भएको व्यक्तिका रूपमा परिचित छन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यसअवधिमा बैंकलाई थप उचाइमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । डा. शंकरप्रसाद शर्मा, वरिष्ठ अर्थविद् अध्यक्ष रहेको बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट सञ्चालित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्