
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पाठकले आफ्नो कार्यकालमा भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
सोही घुसकाण्डमा दोषी ठहर्याउदै अख्तियारले पाठकविरुद्ध विशेष अदालतमा मुदा दायर गरेको हो ।
पाठकविरुद्ध ७८ लाख विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले बताएको छ ।