०२ असार २०८३, मंगलबार

अमेरिका गएका प्रचण्ड भोलि स्वदेश फर्किँदै

चैत १३, २०७५
अमेरिका गएका प्रचण्ड भोलि स्वदेश फर्किँदै

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने भएका छन् । 
पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए । 
पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचार अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किङ्स अस्पतालमा भएको छ । स्वास्थ्यमा सुधार भएपछि अध्यक्ष प्रचण्ड पत्नीसहित फर्किन लागेको उनका प्रेस संयोजक विष्णु सापकोटले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्