१९ असार २०८३, शुक्रबार

'डेटा हव'मा समस्या, शेयर कारोबार रोकियो

'डेटा हव'मा समस्या, शेयर कारोबार रोकियो

काठमाडौं- प्राविधिक समस्या आएपछि बुधवार नेपाल स्टक एक्सचेञ्जको शेयर कारोबारमा समस्या आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोबारमा समस्या देखिएको हो । 

स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोबार गराउने तयारी गरिएको छ ।

उनले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिए । 

कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिए । 

उनले पनि सफ्टवेयरका कारण कारोबारमा उल्झन देखिएको गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्