
काठमाडौं – अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध २–३ पांग्रे सवारीको उत्पादक टीभीएस मोटर कम्पनीको नेपालभरिकै एक मात्र अधिकृत बिक्रेता जगदम्बा मोटर्सले नव वर्ष २०७६ सालको उमंगमय अवसरमा केन्द्रित रहि आफ्नो टीभीएस ‘सात छ हाम्रो’ अफर आफ्ना अमूल्य ग्राहकसामु विस्तार गरेको छ ।
नयाँ वर्षको सुनौलो शुरूवात टीभीएसको साथ मनाउन र शुभकामना स्वरूप ग्राहकमाझ अफर ल्याइएको हो ।
हरेक २ पांग्रे सवारीको एक मात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टीभीएसको ‘साथ छ हाम्रो’ अभियान टीभीएसले २ वर्षअघि परिचित गराएको थियो, जसले टीभीएस आफ्नो ग्राहकको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।
त्यसैकारण २०७५ चैत्र ११ गतेदेखि शुरू हुने अफरमा टीभीएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कूटरको खरिदमा ७ हजार रुपैयाँको श्योरशट नगद छुटको व्यवस्था गरिएको छ । यस अफरले स्क्र्याच कुपनको झन्झट हटाइ ग्राहकको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको छ । २०७६ बैशाख मसान्तसम्म लागू हुने अफरबाट लाभान्वित हुन टीभीएसका अधिकारी सारा ग्राहकलाई विनम्र आग्रह गरेका छन् ।
टीभीएसले आफ्नो ७ भिन्नाभिन्नै सीसीका उत्पादनमा ५ वर्षको वारेन्टी, अनस्पट पÞmाइन्यन्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवाका फाइदा दिँदै आएको छ । ८ सीसी मध्य ड्याज, जेस्ट, बिगो कम्बो, ११० सीसी अन्तर्गत पर्छन्, साथै १२५ सीसी अन्तर्गत जुपिटर क्लासिक, एण्टोर्क र स्ट्राइकर, १५० सीसी अन्तर्गत अपाचि आरटीआर १५० २ भीभी २, १६० सीसी अन्तर्गत अपाचि आरटीआर १६० २ भी भी २ र अपाचि आरटीआर १६० ४ भी, १८० सीसी अन्तर्गत अपाचि आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाचि आरटीआर २०० ४ भी भी २, र ३१० सीसी अन्तर्गत अपाचि आरआर ३१० रहेका छन् ।
देशभर फैलिएको सेवा तथा बिक्री केन्द्रमा अनुभवी र दक्ष हातहरूको गुणस्तरीय सेवाले हरेक ग्राहकलाई खुशी र सन्तुष्टिको अनुभव गराउने प्राथमिकता टीभीएसले आफ्नो थालनीको दिनदेखि नै जोड दिँदै आएको छ । ग्राहकको टीभीएसका उत्पादनप्रतिको माया र समर्थनलाई अफरमार्फत आभार व्यक्त गरेको छ ।
टीभीएसले आउने दिनमा ग्राहकको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न अफर र कार्यक्रमको आयोजना गर्ने उद्देश्य बोकेको छ ।