
काठमाडौँ– सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले पाएका छन् ।
दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो ।
हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएको छ । नेपाली सेनाको प्रवक्ताका रुपमा उनले करीब तीन महीना काम गरे ।
सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन् । नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ ।