२७ असार २०८३, शनिबार

जेठ १८ भित्र यातायात समितिलाई कम्पनीमा जान निर्देशन

जेठ १८ भित्र यातायात समितिलाई कम्पनीमा जान निर्देशन

काठमाडौँ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ । महासङ्घको कार्यसम्पादन सचिवालयको बुधबार बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो ।

महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिए ।  उक्त निर्णयसँगै अब सबै यातायात व्यवसायी सङ्घ तथा यातायात व्यवसायी प्रालि कम्पनीमा जानुपर्ने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्