१२ असार २०८३, शुक्रबार

१० हजार कित्ता भरेका प्रधानमन्त्रीलाई पर्‍यो २० कित्ता शेयर

१० हजार कित्ता भरेका प्रधानमन्त्रीलाई पर्‍यो २० कित्ता शेयर

काठमाडौं – जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । 

प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयर खरिदका लागि आवेदन भरेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीवार आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । 

ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ । 

शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र १ लाख ५४ हजार ५ सय ५९ लाई भने २० कित्ता शेयर परेको छ । 

कूल ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्