१० साउन २०८३, आइतबार

भारतीय विदेश सचिव गोखलेद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता, के भयो कुराकानी ?

भारतीय विदेश सचिव गोखलेद्वारा परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखलेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।

परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका सचिव गोखलेले मन्त्री ज्ञवालीसँग बिहीवार दिउँसो भेटवार्ता गरेका हुन् ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा बिहीवार दिउँसो भएको भेटवार्तामा दुवैबीच द्विपक्षीय हितको विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसअघि सचिव स्तरीय बैठकमा उनले सहभागिता जनाएका थिए ।

विदेश मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको १५ महिनापछि उनी पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । विदेश सचिव गोखलेले प्रधानमन्त्री ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्