काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई पक्राउ गरिएकोबारे सर्वाेच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।
ओलीकी छोरी विपनाले सर्वाेच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै अदालतले सरकारसँग लिखित जवाफ मागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ परेका ओलीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन समेत आदेश दिएको छ । विपनाले गृह मन्त्रालयसहित विभिन्न सरकारी निकायलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेकी थिइन् ।