०३ असार २०८३, बुधबार

सिद्धार्थ महिला तथा बाल अस्पतालमा आगलागी

सिद्धार्थ महिला तथा बाल अस्पतालमा आगलागी
फाइल तस्बिर

बुुटवल, १३ चैत । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोष्ट र विद्युत गृहमा आगलागी भएको छ । 
सुुरक्षा पोष्ट र विद्युत गृहकाे जेनेरेटमा बिहीबार साँझ आगलागी भएको हो । आगलागीबाट अस्पतालका दुुई वटा जेनेरेट जलेर नष्ट भएका छन् । अस्पतालका निर्देशक डा विनोद पराजुुलीले जेनेरेटबाट आगो निस्केकोले विद्युत सट भएर हुुने सक्ने अनुुमान गरिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी डिलबहादुुर मल्लले आगो पूूर्णरुपमा नियन्त्रणमा आएको जानकार दिए । आगलागीबाट ५० लाख बराबरको क्षति भएको निर्देशक पराजुुलीले जानकारी दिए ।  आगो बुटवल उपमहानगरपालिकाको दमकलले निभाएको छ।

salt training

कमेन्ट गर्नुहोस्