×

NMB BANK
NIC ASIA

पोखरामा गैरकानूनी रूपमा व्यवसाय सञ्चालन गरेको आरोपमा १ विदेशी नागरिक पक्राउ

चैत १६, २०७५

NTC
Premier Steels

पोखरा- पोखरामा लामो समयदेखि गैरकानूनी रूपमा बसेर व्यवसाय चलाउँदै आएका आएका जर्मन नागरिक मेनफर्ड अगस्टलाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

नेपाल घुम्नका लागि पहिलो पटक सन १९८५ मा आएका मेनफर्डले पोखराकै एक महिलासँग विवाह गरेका थिए । त्यपछि उनी बेलाबखत जर्मन जाने र धेरै समय नेपालमै बसेर व्यवसाय गर्दै आएका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत ८ वर्षदेखि गैरकानूनी रूपमा बसेर पोखरा महानगरपालिका वडा नं २२ मा व्यवसाय गर्दै आएका ६८ वर्षीय मेनफर्डलाई पर्यटन प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो । सन् २०१२ अगष्ट देखि भिषाको म्याद गुजारेर गैरकानूनी रूपमा पोखरामा व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको पर्यटन प्रहरी कार्यलय पोखरामा प्रहरी सहायक निरीक्षक विधानसिंह क्षत्रीले बताए । 


Advertisment
Nabil box
Kumari

जर्मन नागरिक मेनफर्डले ‘अनदु हाउस’ नामको गष्टहाउस सञ्चालान गरेर त्यहाँबाट घरजग्गा डिजाइनसम्बन्धी कामसमेत गर्दै आएको प्रहरी सहायक निरिक्षक क्षत्रीले बताए । ‘कुनै पनि विदेशी नागरिकले नेपालमा व्यवसाय गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । मेनफर्डले  कुनैपनि प्रक्रियव पूरा नगरी व्यवसाय सञ्चालन गरेको भेटियो, ' उनले भने, ‘भिषाको म्याद सकिए विदेशी नागरिकले प्रत्येक दिन ५ डलर जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था छ । मेनफर्डले ८ वर्ष देखि भिषानै रिन्यू गरेका छैनन् ।’

Vianet communication

प्रहरीका अनुसार उनले एआरबीएनबी डटकम र बुकिङ डटकम नामको वेबसाइटको माध्यमबाट गेष्टहरूलाई आफ्नो गेष्टहाउसमा राख्ने र अन्य व्यवसायसमेत गर्दै आएका थिए । 

सन् १९८५ मा ‘नन टुरिष्ट’ भिषामा नेपाल छिरेका थिए । त्यसपछि उनले नेपाली मूलकी छमा बिकसँग विवाह गरेका थिए । सन् १९९६ मा नन टुरिष्ट भिषाको म्याद सकिएपछि सन् २०१२ मा टुरिष्ट भिषा लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी सहायक निरीक्षक क्षेत्रीले बताए ।

उनको श्रीमतीको विवाह भएको ९ वर्षमा मृत्यु भएको थियो । नेपाली मुलकी महिलाबाट जन्मिएका एक छोरा जर्मनीमा रहेको उनले प्रहरी समक्ष बताएका छन् ।

प्रहरीले पोखरा क्षेत्रमा गैरकानूनी रूपमा बसोबास गर्दै आएका १३ जना विदशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाइएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x