
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बारा, पर्सालगायतका जिल्लामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि चार लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले सोमवार एक विज्ञप्ति जारी गर्दै हावाहुरीको घटनाबाट पीडित परिवारको उद्धार तथा राहतका लागि नगरपालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षकहरूको तर्फबाट एक दिन बराबरको तलब/भत्ताबाट चार लाख मुख्यमन्त्री राहत कोषमा तत्काल पठाउने निर्णय गरिएको जनाए ।
‘मिति २०७५ साल चैत्र १७ गते आइतवार साँझ वर्षासँगै आएको भीषण हावाहुरीका कारण बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति तिलोत्तमा नगरपालिका स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हावाहुरीका कारण घर तथा इँटाभट्टा भत्केर, बिजुलीका पोल लडेर, सवारीसाधन पल्टेर भएको यस अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरूप्रति यस नगरपालिका भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
विज्ञप्ति :
