
काठमाडौं – सोमवार साँझ ६ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरिएको छ ।
पर्सा र बारा जिल्लाका विभिन्न ठाउँमा आइतवार साँझ आएको हावाहुरीले व्यापक धनजनको क्षति भएपछि राहत र उद्धारबारे छलफल गर्न आकस्मिक बैठक आह्वान गरिएको हो ।
प्रधामन्त्री केपी शर्मा ओलीले सोमवार दिउँसो हावाहुरीबाट घाइते भई कलैया र वीरगञ्ज अस्पतालमा उपचाररत घाइतेसँग भेटघाट गरेका थिए । उनीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि थिए ।
साँझ ६ बजे आह्वान गरिएपनि प्रधानमन्त्री ओली काठमाडौं आउन ढिला हुनसक्ने जनाइएको छ । प्रधानमन्त्री ओली फिर्ता भएलगत्तै बैठक बस्ने तयारी रहेको छ ।