०९ असार २०८३, मंगलबार

स्थानीय र पश्चिमी वायु भुमरीले विपत्ति, मौसम विभागले पूर्वानुमान नै गर्न सकेन

चैत १९, २०७५
स्थानीय र पश्चिमी वायु भुमरीले विपत्ति, मौसम विभागले पूर्वानुमान नै गर्न सकेन

काठमाडौं –  मौसमविद्हरूले स्थानीय वायु र पश्चिमी वायुको प्रभावले बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरी हावाहुरी आएको बताएका छन् ।
 ४५ देखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीको कुनै पूर्वानुमान गर्न नसकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 ‘यो हावाहुरी स्थानीय वायुको प्रभावका कारण उत्पन्न भएको देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने, ‘हावाहुरीको गति कति थियो भनेर यकिन भइसकेको छैन । तर, प्रतिघण्टा ४५ देखि ५५ किलोमिटरको अनुमान गरिएको छ ।’

उनका अनुसार पोखरामा सिर्जना भएको सो हावाहुरी चितवन हुँदै तराईमा प्रवेश गरेको हो । ‘पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय रेखा भेटिएपछि हावाले हुरीको रूप लिएको देखिन्छ,’ उनले भने, ‘हावाहुरी एकदेखि दुई घण्टा चलेको थियो ।’ राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्