काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमवार ह्याशट्याग क्रिकेटनटयाजयूनोइट राखेर एकपछि अर्को ट्वीट गर्दै क्रिकेटमा नयाँ नियम भित्र्याइएको जनाएको छ ।
पहिलो ट्वीटमा उसले युवाहरूमाझ क्रिकेटको लोकप्रियता बढाउन क्रिकेटरको जर्सीमा इन्स्टाग्राम ह्यान्डल र खेलाडीको संख्या लेखिने जानकारी दियो । यसको आरम्भ वर्ल्ड टेस्ट च्याम्पियनशिपबाट गरिने उसले बतायो ।
As part of our efforts to make the game more appealing to younger generations, the ICC will be applying both numbers and Instagram handles to kits from the beginning of the World Test Championship. pic.twitter.com/XnvantQfc9
वर्ल्ड टेस्ट च्याम्पियनशिपमा थप परिवर्तन गर्दै परम्परागत रूपमा चलिरहेको टसलाई हटाएर ट्विटर पोल ल्याउने भएको छ । यस्तोमा प्रशंसकहरूले कुन टीमको ब्याटिङ वा बलिङ हुने भनी निर्धारण गर्न सक्नेछन् ।
In further changes ahead of the World Test Championship, the tradition of the coin toss will be replaced by a @Twitter poll, allowing fans at home to decide who bats and bowls! pic.twitter.com/7wOuB8psZJ
— ICC (@ICC) April 1, 2019
आईसीसीले खेल्ने अवस्थामा पनि परिवर्तनका विषयमा ट्वीट गरेको छ । टेस्ट म्याचमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेपछि सबै खेलाडीले कट्टु लगाउन पाउने भएका छन् ।
Should the temperature reach 35°C, the ICC's updated playing conditions will allow all Test players the option to wear shorts ☀🌡 pic.twitter.com/TEFHahhPkL
— ICC (@ICC) April 1, 2019
प्रशंसकहरूलाई खेलसँग जोड्नका लागि ब्रोडकास्टरले कमेन्टेटरलाई मैदानमा स्लिपपछाडि उभ्याउन सक्नेछन् ।
In a move to bring fans even closer to the sport, broadcasters will have the option to position commentators on the field of play behind the slips cordon 🎙 pic.twitter.com/l8FMdFcCZ9
— ICC (@ICC) April 1, 2019
क्याच समातेपछि फील्डिङ टीमसँग अर्को ब्याट्स्म्यानलाई रनआउट गराउन सक्ने अधिकार हुनेछ ।
After taking a catch, the fielding team will be permitted to complete a 'Double Wicket Play' by running out the other batsman ✌ pic.twitter.com/1XN6rAT9lD
— ICC (@ICC) April 1, 2019
नोबललाई अबदेखि फल्ट्स र डट् बललाई एसेस भनी चिनिनेछ ।
Two minor changes will be made to cricket terminology with no balls and dot balls to henceforth be known as 'Faults' and 'Aces'. pic.twitter.com/3gFdhO4c59
— ICC (@ICC) April 1, 2019
डेनाइट म्याचको इभिनिङ सेसनमा जति रन बन्छ त्यसलाई दुईगुणा मानेर गनिनेछ । जस्तो, ४ रन बनेमा ८ रन जोडिनेछ । छक्का हानेपछि १२ रन गनिनेछ ।
Runs scored in the evening session of day/night Tests will count double, creating a new and exciting strategic element 🌙✖2️⃣ pic.twitter.com/Hqzzwe8sbY
— ICC (@ICC) April 1, 2019
अन्तिम ट्वीट गरेर आईसीसीले यीमध्ये कुन पहलका लागि तपाईंहरू तयार हुनुुहुन्छ भनी सोधेको छ ।
And finally, should teams be level on the World Test Championship table, the first tie-breaking criteria will be 'Away Runs.'
— ICC (@ICC) April 1, 2019
So which of these initiatives are you most looking forward to? 🤔#CricketNotAsYouKnowIt pic.twitter.com/HHxUvxdv7k
अप्रिल १ मा यी ट्वीटहरू गरिएकाले यी मजाकमा गरिएका ट्वीट हुन् कि भनी शंका गरिएको छ । तर आईसीसीले यसलाई स्पष्ट पारेको छैन । अनि आईसीसीको आधिकारिक ब्लु टिकप्राप्त ह्यान्डलबाट ट्वीट गरिएकाले यो पूरै झूटो हो भन्न पनि सकिएको छैन ।