२९ असार २०८३, सोमबार

परोपकारी महिला : टाउकोमा बोरा बोकेर १० किलोमिटरसम्म पैदलै सहायता गर्न पुगिन्

परोपकारी महिला : टाउकोमा बोरा बोकेर १० किलोमिटरसम्म पैदलै सहायता गर्न पुगिन्

काठमाडौं – केही दिनअघि जिम्बाब्वे र मोजाम्बिकमा आएको इडाइ आँधीका कारण सयौंको ज्यान गयो अनि थुप्रैजना बेघर भए ।

संसारभरिका सरकारी र गैरसरकारी संगठनले आँधीप्रभावित मानिसलाई सहायता गरे । 

यसबीचमा जिम्बाब्वेकी एक वृद्ध महिलाको परोपकार सामाजिक सञ्जालमा चर्चित बन्यो । कप्लेकेडस डिलन नामक ७१ वर्षीयाँ एक महिला टाउकोमा बोरा बोकेर दश किलोमिटर पर पुगी आँधीपीडितलाई सहायता गरिन् । 
डिलनको बोरामा कपडा र खानपिनका सामान थिए । 

जिम्बाब्वेका एक अर्बपति स्ट्राइभ मसियिवाले डिलनले देशभित्र जहाँ चाहन्छिन् त्यहीँ घर बनाइदिने घोषणा गरेका छन् । मानिसप्रति दया देखाउने डिलनको यो कर्म परोपकारका अनइ उदाहरणबाट नितान्त भिन्न रहेको उनको भनाइ छ । 

टाउकोमा बोरा राखेर डिलन हरारेको प्रेस्बाइटेरियन चर्च पुगेकी थिइन् । त्यहाँ अनेकौं स्वयंसेवीहरू इडाइ आँधीका पीडितहरूको सहायताका लागि सामान जुटाइरहेका थिए । चर्चले नै डिलनको टाउकोमा बोरा राखेको फोटो खिचेर प्रकाशित गरेको थियो । 

गरीब डिलनसँग त्यहाँसम्म आउनका लागि गाडीभाडा नभएकाले पैदलै आएकी थिइन् । डिलनको यो परोपकारी भावनालाई जिम्बाब्वेमा प्रशंसा गरिँदैछ । 

अर्बपति मसियिवा टेलिकम एक्जेक्युटिभ हुन् । उनले फेसबूकमा पोस्ट गर्दै डिलनलाई जिन्दगीभरि एक हजार डलर प्रतिमहिना दिने घोषणा पनि गरे ।

उनले लेखे, ‘डिलनको तस्वीर सार्वजनिक भएपछि मैले उनलाई खोजें । उनलाई मैले सम्भव भएमा भेट्न आउन भनें । उनी देशमा जहाँ भए पनि म घर बनाइदिन्छु । अर्को व्यक्ति समस्यामा पर्दा सहायता गर्नेलाई म सम्मान गर्छु । कति सहायता गरियो भन्ने विषयले अर्थ राख्दैन । अर्काको सहायता गर्नेलाई ईश्वरले सहायता गर्छन् ।’ 

इडाइ आँधीका कारण जिम्बाब्वे, मलावी र मोजाम्बिकमा निकै विनाश भयो । आँधीका कारण ७५० भन्दा बढी मानिस मरेको अनुमान छ । बीरा शहर ९० प्रतिशत नष्ट भएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्