फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
चैत १९, २०७५
पुरैनिया – बारा जिल्लाको फेटा गाउँपालिका पुरैनियामा मंगलवार दिउँसो राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणसम्मको भीड लागेको छ ।
आइतवार रातिको आँधीबेहरीका कारण ध्वस्त भएको पुरैनियामा राहत बाँड्न आउने टोलीको बाक्लो उपस्थिति देखिन्छ । राहत बाँड्न भन्दा पनि रमिता हेर्न आउनेको भीड ठूलो छ ।
महाविपत्तिको पीडामा रहेको यो गाउँमा रोजीदन खातुनको जीवनमा निकै ठूलो बज्रपात आइपर्यो । आइतवारको विनाशकारी आँधीमा रोजीदनका दुई छोरी (शबनम खातुन र रुवी खातुन)को निधन भयो ।
अर्का दुई छोरी (जसिमा र नसिमा खातुन) घाइते भएर अस्पतालमा छन् ।
शबनम खातुनको मंगलवार दिउँसो बिहे छिनोफानो (छेको) गर्ने कार्यक्रम थियो । छिमेकी गाउँको केटासँग मंगलवार उनको बिहे हुने पक्का हुँदै थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका केटा केहीदिन पहिले मात्र घर फर्केका थिए ।
‘हामीलाई ठूलो दशा आइलाग्यो, आमा अस्तिदेखि नै सुत्नुभएको छैन,’ शबनमका दाइ अली उल्लान अन्सारीले लोकान्तरसँग भने ।
मंगलवार दिउँसो रोजीदन छोरीहरू सम्झिएर टोलाउँदै थिइन् ।
...
आइतवार साँझ आमा रोजीदन खातुन खाना पकाउँदै थिइन् । घरको अर्कोपट्टि छोरीहरू बसेका थिए ।
‘शनिवार साथीको बिहेका लागि उपहार किनेर ल्याएकी थिई’ दाइ अलि उल्लानले भने ।
मंगलवार हुने बिहेको छिनोफानोका लागि कपडा समेत सिलाइसकिएको आमा रोजीदन खातुनले बताइन् ।
भत्किएको घरको भग्नावशेषमा शबनम खातुन सुत्ने गरेको पलङ भाँचिएको अवस्थामा छ ।
‘हम कभी सोचले ना रही, जे अइसन घटना होई,’ आमा रोजीदनले भोजपुरी भाषामा भनिन्, ‘यी का भइल हमरा समझ नाआइल ।’
रमिते र गाडीका ताँती, पीडित भन्छन्– छानो चाहियो
आँधीबेहरीले क्षतविक्षत भएको भलुही, भरवलिया र पुरैनियामा मंगलवार राहत सामग्री लिएर विभिन्न संघ–संस्था र व्यक्तिहरू पुगेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवादेखि राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत आइपुगेका छन् ।
काठमाडौं र पोखरादेखि आएका विभिन्न संघ–संस्थाले राहत बाँडेका छन् ।
राहत बाँड्नुभन्दा पनि नेताहरू ‘फेसन’गर्न आएको भन्दै केही पीडितहरूले आक्रोश पोखे । ‘सबै आउँछन् र फोटो खिचेर लग्छन्, हामीलाई घरको छानो चाहिएको छ,’ भरवलियाका मनोज कुर्मीले भने ।
राजनीतिक दलका नेता, कार्यकर्ता, सांसद, प्रदेशका मन्त्री, विभिन्न संघ–संस्थाका व्यक्तिहरूका सवारी साधनले पीडित बस्तीमा ‘सवारी जाम’ जस्तो देखिएको थियो ।
यसरी जोगिए १ सय १० बालबालिका
आइतवार साँझ आँधी आएको समयमा पुरैनियामा रहेको मदरसामा १ सय १० जना बालबालिका पढिरहेका थिए । मुस्लिम विद्यार्थीका लागि खोलिएको मदरसामा साँझ ७ बजेसम्म पढाइ हुन्छ ।
दाँयाबाँयाका पक्की घरमा समेत क्षति भएपनि मदरसामा ठूलो क्षति भएन । ‘मदरसाको छाना खसेको भए ठूलो क्षति हुने थियो, त्यो हुन पाएन,’ मुस्तकिम अन्सारीले लोकान्तरसँग भने ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...