
काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २८१ वटै शाखाहरूबाट सहज रूपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरू खरीद गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।