२९ जेठ २०८३, शुक्रबार

देशभरमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल

देशभरमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल
फाइल फोटो

काठमाडौं -चालू आवको हालसम्मको अवधिमा देशभर एक हजार ११८ किलोमिटर सडक ग्राभेल भएको छ । गत फागुनसम्ममा देशभरका विभिन्न सडक स्तरोन्नतिका क्रममा सडक ग्राभेल भएको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले जनाएको छ ।

विभिन्न राजमार्गमा ग्राभेलको काम तीव्रगतिमा भइरहेको प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग लगायतका सडकमा प्रगति भएको छ । 

मध्यपाहाडी लोकमार्ग अन्तर्गतमा ९० किलोमिटर ग्राभेल भएको छ । गत फागुनसम्म हुलाकी राजमार्गमा ६७ किलोमिटर सडक ग्राभेल भएको छ । मदन भण्डारी राजमार्गमा धरानबाट चतरा हुँदै हेटौँडा सडकमा १०० किलोमिटर ग्राभेल भएको उनले बताए । उनले भने, “यी सडकमा आगामी आवसम्ममा कालोपत्र गरिसक्ने योजना छ ।”

सरकारले विशेष महत्व दिएका राजमार्गमा कालोपत्रसँगै ग्राभेलको कामले गति लिइरहेको मन्त्रालयले जनाएको छ । चालू आवमा नै ७४७ किलोमिटर कालोपत्र सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए । यस वर्ष नै ७२१ किलोमिटर सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको उनले बताए ।

उनका अनुसार चालू आवमा कतिपय सडकमा विनियोजित बजेट खर्च भएर अर्थ मन्त्रालयबाट थप रकम माग गरिएको छ ।

उनले भने, “कतिपय सडकमा दु्रत गतिमा निर्माण कार्य भइरहेकाले विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयबाट थप रकम माग भएको छ ।”

salt training

कमेन्ट गर्नुहोस्