
काठमाडौं – करण जोहरको आगामी फिल्म कलंकको ट्रेलर बुधवार सार्वजनिक हुने भएको छ । फिल्मको टीजर यसअघि नै आइसकेको छ ।
टीजर हेरेका दर्शकले ट्रेलरको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । ट्रेलर सार्वजनिक गरेसँगै फिल्म निर्माताहरूले यसमा एक नयाँ पात्रलाई दर्शकसामु प्रस्तुत गर्न लागेका छन् ।
आलिया भट्ट र वरुण धवनले सामाजिक सञ्जालमा नयाँ पात्रका देखिन लागेको जानकारी दिएका छन् । फिल्ममा ठूलै स्टारकास्ट छ तैपनि प्रशंसकहरू नयाँ पात्रका विषयमा उत्सुक छन् ।
शुरूमा करण जोहरले यो फिल्मका सबै पात्रको फरक फकर परिचय सामाजिक सञ्जालमार्फत दिएका थिए । फिल्मको टीजर सार्वजनिक गर्नुभन्दा ठीकअघि फिल्ममा काम गर्ने पात्रहरूका नयाँ तस्वीर सार्वजनिक गरिएको थियो ।
फिल्ममा आलिया भट्ट, वरुण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपूर र सञ्जय दत्त अनि माधुरी दीक्षितको जोडी देखिने भएको छ ।
सन् १९४० को समयको पिरियड ड्रामा हो यो फिल्म । यसको निर्देशन अभिषेक वर्मनले गरेका हुन् ।
यसै फिल्ममा काम गर्न श्रीदेवी तयार भएकी थिइन् तर अचानक उनको निधन भएपछि माधुरी दीक्षितलाई उनको भूमिका दिइएको थियो ।
टीजर यहाँ उपलब्ध छ :एजेन्सी