१३ असार २०८३, शनिबार

बारा-पर्सामा आएको आँधी असामान्य, अध्ययनका लागि जाँदै मौसमविद्को टोली

बारा-पर्सामा आएको आँधी असामान्य, अध्ययनका लागि जाँदै मौसमविद्को टोली

काठमाडौं – आइतबार आएको विनाशकारी आँधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ ।

महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले यस विषयको अध्ययन गर्न मौसमविद्को टोली त्यता जान लागेको हो ।

आइतबारको आँधीहुरी नेपालका सन्दर्भमा पहिलो ‘एक्सट्रिम केस’(चरम स्थिति) भएको मौसमविद्को भनाइ छ । सानो क्षेत्रमा मात्र यो प्रणाली विकास भएकाले पनि बढी क्षति भएको बताइएको छ ।

प्रिमनसुनका समयमा मेघगर्जन, चट्याङ र वर्षासँगै हावासमेत चल्ने प्रक्रिया प्रायः सधैँ हुने गर्छ ।  आइतबार साँझ भने एक्कासि आएको आँधीलाई हावाहुरी भन्न नमिल्ने मौसमविद् पोखरेलको तर्क छ । 

अध्ययन र अनुसन्धानपछि मात्र व्याख्या र विश्लेषण गरिने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । यसको अनुसन्धानका लागि आँधी प्रभावित क्षेत्रमा अवलोकनका लागि मौसम विज्ञानको टोली बुधबार त्यसतर्फ जाने भएको हो । 

टोलीमा वरिष्ठ मौसमविद् सुजन सुवेदी, अर्चना श्रेष्ठ तथा सहायक मौसमविद् गोविन्द झा रहनेछन् ।

टोलीको अध्यान र अनुसन्धानपछि प्रतिवेदनका आधारमा थप अध्ययन गरिने बताइएको छ । आँधीमा परी हालसम्म  २८ जनाले ज्यान गुमाएको र ३८४ जना घाइते भएको थाहा भएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्