
काठमाडौं – फूटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक पेलेले फ्रान्सेली स्टार किलियन एम्बाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मान छोडेर कतै गएनन् भने संसारको सर्वोत्कृष्ट खेलाडी बन्न सक्ने बताएका छन् ।
पेरिसमा आयोजित एक कार्यक्रममा पेले र एम्बाप्पे पहिलोपटक भेट्दा पेलेले यो कुरा बताएका हुन् ।
अहिले एम्बाप्पे स्पेनी क्लब रियाल मड्रिड जाने चर्चा चलिरहेको छ ।
पेलेले ले पेरिसियन पत्रिकालाई बताए, ‘संसारको सर्वोत्कृष्ट खेलाडी बन्नका लागि किलियनले पीएसजी छोडेर जानुपर्दैन । उनी अहिले जसरी खेलिरहेका छन्, त्यसरी नै खेलून् । यसरी उनी श्रेष्ठ खेलाडी बन्न सक्छन् ।’
संसारको सबभन्दा राम्रो खेलाडी बन्नका लागि आफूले कहिले पनि सान्तोस क्लब छोड्नु नपरेको बताउँदै पेलेले यसैगरी किलियनलाई पनि यो लक्ष्य हासिल गर्न फ्रान्स छोडेर जानुपर्ने आवश्यकता छैन ।
एजेन्सी