२८ जेठ २०८३, बिहीबार

आँधिहुरी प्रभावित क्षेत्रमा राहत वितरण गर्दै नेविसंघका नेता

आँधिहुरी प्रभावित क्षेत्रमा राहत वितरण गर्दै नेविसंघका नेता

बारा - नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले बारा जिल्ला सुबर्ण गाउँपालिकाका हावाहुरी पीडितका लागि राहत वितरण गरेका छन् । बुधबार सुबर्ण गाउँपालिकाका र सो गाउँ आसपासका केही वस्तीका २५० घरधुरीलाई अत्यावश्यक सामाग्री वितरण गरिएको पौडेलको टोलीमा रहेका नेविसंघ नेता सुशील भट्टले जानकारी दिए ।

२५० घरधुरीका लागि पौडेलले म्याट,झुल,बाल्टी,ट्र्चलाइट लगायतका सामाग्री बितरण गरेका छन् । काठमाडौंबाट आएको पौडेल,नेविसंघ पूर्व महामन्त्री कुन्दन काफ्लेसहितको टोलीले बारा नेविसंघसँग समन्वय गरि अस्थाई टहरा निर्माण गर्न श्रमदान पनि गर्ने छ ।

पौडेलले विनशाकारी भूकम्पका बेला पनि प्रभावित क्षनेत्रमा राहत र अस्थायी आवास निर्माण सहयोग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्