३० जेठ २०८३, शनिबार

भिजिट भिषामा वैदेशिक रोजगारको लागि पठाउने भनी ठगी गर्ने महिला पक्राउ

भिजिट भिषामा वैदेशिक रोजगारको लागि पठाउने भनी ठगी गर्ने महिला पक्राउ

काठमाडौं-    भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्नेभोजपुर हतुवागढी गाउँपालिका-९की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबारपक्राउ गरेको छ ।
    काठमाडौंकोपिंगलास्थानस्थितकम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्नेबिमलाले धनुषा मिथिला बिहारी नगरपालिका-२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो । 
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्