०२ असार २०८३, मंगलबार

मुख्यमन्त्रीमाथि सीके राउतको हमला- ‘जनताको छाला काढेसरी कर उठाएर लठैत पाले’

मुख्यमन्त्रीमाथि सीके राउतको हमला- ‘जनताको छाला काढेसरी कर उठाएर लठैत पाले’

काठमाडौं - पृथकतावादी आन्दोलन छाडेर भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएका डाक्टर सीके राउत (चन्द्रकान्त राउत)ले प्रदेश नम्बर २ का मुख्यमन्त्रीलाई असक्षम र भ्रष्ट भएको आरोप लगाएका छन् ।

पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०/२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई सीके राउतले प्रश्न गरेका छन्, 'बाराका हुरीपीडित जनताहरूलाई १०-२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ ।'

हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोजेको आरोप राउतले लगाएका छन् । भोजभतेरमै ४ करोड खर्च गरेको र जनतासँग कर उठाएर आफ्ना 'लठैत' पालेको भन्दै राउतले मुख्यमन्त्रीलाई कडा शब्द प्रहार गरेका छन् ।

'मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन,' विहीवार आफ्नो फेसबूक पेजमा लेखिएको लामो स्ट्याटसमा राउतले भनेका छन्, 'भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करोडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणका नाममा आफ्ना लठैत पाल्न केन्द्र बाधा भएन ।'

राउतले अन्तिममा प्रश्न गरेका छन्, 'के प्रदेश सरकार स्वराजीहरूको हत्या गर्न, पक्राउ गर्न र दमन गर्न मात्रै हो ?'

salt training

कमेन्ट गर्नुहोस्